२०८२, फाल्गुण १५ गते

Feb 27 2026 | २०८२, फाल्गुण १५ गते

अमेरिकासँगको वार्ता राम्रो भयो : इरान

शुक्रवार , फाल्गुण १५, २०८२

  • 187
    Shares
  • 187
    Shares
  • काठमाडौं, १५ फागुन । इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले जेनेभामा भएको अमेरिकासँगको अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरणमा राम्रो प्रगति भएको बताउनुभएको छ ।

    उहाँले आगामी सोमवार भियनामा प्राविधिक वार्ता हुनेछ । इरानको विदेश मन्त्री सैयद अब्बास अराघचीले राज्य सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा तेहरान र वाशिंगटनबीच जेनेभामा भएको अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरणमा राम्रो प्रगति भएको र चाँडै चौथो चरणको वार्ता हुने बताउनु भयो । 

    अराघचीकाअनुसार वार्तालाई मुख्य रूपमा ओमानका विदेश मन्त्री सय्यिद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले मध्यस्थता गर्नुभएको थियो । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले पनि केही क्षेत्रमा प्राविधिक योगदान दिए । जसलाई फाइदाजनक ठानिएको छ । 

    यो पछिल्लो वार्ता इरान र अमेरिकाबीच बढ्दो तनाव र पश्चिम एसियामा अमेरिकी सैन्य निर्माणको बीचमा भएको हो । यसअघिका पहिलो र दोस्रो चरणको वार्ता यसै महिनाको सुरुमा ओमानको राजधानी मस्कट र जेनेभामा भएका थिए । यो वार्ताले आणविक सम्झौताको सम्भावना बढाएको देखिन्छ, तर अझै धेरै चुनौती बाँकी छन् ।