बुधवार , फाल्गुण २०, २०८२
काठमाडौं, २० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ ।
इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो सैन्य आधार क्षेत्र (बेस) प्रयोग गर्न अनुमति नदिएपछि ट्रम्पले स्पेनविरुद्ध यस्तो चेतावनी दिनुभएको हो ।
सोही क्रममा उनले आफू बेलायतसँग पनि खुशी नरहेको बताउनु भयो । ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको वार्ताको शुरुमा सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले आफूहरु स्पेनसँगको सबै व्यापार बन्द गर्न गइरहेको बताउनु भयो ।
अमेरिकाले स्पेनसँग कुनै सम्बन्ध राख्न नचाहेको बताउनु भयो । बेलायती प्रधानमन्त्री किर स्टार्मरले सोमवार संसदमा बोल्दै इरानमाथि भइरहेको अमेरिका–इजरायलको आक्रामक हमलामा बेलायत सहभागी नहुने स्पष्ट पार्नुभएको थियो ।
मंगलवार ओभल अफिसमा भएको भेटमा चान्सलर मर्जले ट्रम्पलाई इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्ध जतिसक्दो चाँडो अन्त्य हुनेमा जर्मनीले आशा राखेको बताउनुभएको थियो । शनिवार बिहानैदेखि अमेरिका र इजरायलले इरानविरुद्ध विशाल सैन्य अभियान शुरु गरेयता ट्रम्पलाई प्रत्यक्ष भेट्ने मर्ज पहिलो विदेशी नेता हुन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij