images

शुक्रवार, बैशाख २१ गते २०८१

लुम्बिनीका मुख्यमन्त्रीद्वारा चारदिनमा चारपटक मन्त्रीपरिषद् विस्तार 

लुम्बिनीका मुख्यमन्त्रीद्वारा चारदिनमा चारपटक मन्त्रीपरिषद् विस्तार 

images
images
images
बुधवार, बैशाख २२ २०७८
बुधवार, बैशाख २२ २०७८
  • लुम्बिनीका मुख्यमन्त्रीद्वारा चारदिनमा चारपटक मन्त्रीपरिषद् विस्तार 

    बुटवल, २२ वैशाख । 
    मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा गत वैशाख १९ गते गठन भएको लुम्बिनी प्रदेश सरकारमा चौथो पटक हेरफेर तथा विस्तार गरिएको छ । मुख्यमन्त्री पोखरेलद्वारा पछिल्लो पटक हिजो थपिएका तीन मन्त्रीले आज सपथग्रहण गरेका छन् । योसंगै प्रदेश मन्त्रीपरिषद् १० सदस्यीय भएको छ ।

    images
    images
    images

    मुख्यमन्त्री पोखरेलले तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्दै थप भएका तीन मन्त्रीलाई प्रदेश प्रमुख धर्मनाथ यादवले सपथग्रहण गराए । पछिल्लो पटक आन्तरिक मामिला तथा कानून मन्त्रीमा अर्घाखाँचीका चेतनारायण आचार्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा रूपन्देहीका भोज प्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तव नियुक्त भएका छन् ।

    यसअघि थपिएका मन्त्रीमध्ये हरिप्रसाद रिजाललाई ग्रामीण तथा शहरी विकास मन्त्रालय, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । दोस्रो पटकको मन्त्रीमण्डल विस्तारमा रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । 

    त्यसै गरी बैजनाथ चौधरी आर्थिक मामिला तथा योजना मन्त्री, सन्तोष कुमार पाण्डेय भौतिक पूर्वाधार विकास मन्त्री, विजय बहादुर यादव भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत छन् । अघिल्लो

    सरकारमा रहेका दुई मन्त्री लिला गिरी र आरती पौडेल भने अहिलेको सरकारमा समेटिएका छैनन् । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij