२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

कोरोना संक्रमित नै बने स्वास्थ्यमन्त्री, आइसोलेसनबाट सिधै सपथग्रहण

बुधवार , बैशाख २२, २०७८

 बुटवल, २२ बैशाख।

कोरोना संक्रमित भै होम आईसोलेसनमा रहेका लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन्।

१६ दिनअघि कोरोना संक्रमित भै होम आईसोलेसनमा बसेका श्रेष्ठ सिधै सपथग्रहण कार्यक्रममा उपस्थित भै कोरोना संक्रमण बिच मन्त्रीको जिम्मेवारी सम्हालेका छन्। मुख्यमन्त्री शंकर पोखरेलले गरेको तेस्रो पटक मन्त्रिमण्डल विस्तारमा परेका तीन मन्त्रीमध्ये श्रेष्ठ होम आइसोलेसनबाट सिधै सपथ ग्रहण समारोहमा उपस्थित भएका हुन्।

सपथ लिने क्रममा पनि उनी अलग्गै उभिएका थिए। आज पुनः कोरोना परीक्षणको लागि थ्रोट स्वाब नमूना दिइएपनि नतिजा आइनसकेको श्रेष्ठको सचिवालयले जनाएको छ ।