images
images

शुक्रवार, जेठ ४ गते २०८१

रोहिणीमा पाँच बेडको कोभिड विशेष अस्पताल

रोहिणीमा पाँच बेडको कोभिड विशेष अस्पताल

images
images
images
बुधवार, बैशाख २२ २०७८
बुधवार, बैशाख २२ २०७८
  • रोहिणीमा पाँच बेडको कोभिड विशेष अस्पताल

    भैरहवा, २२ वैशाख ।

    images
    images
    images

    रुपन्देहीको रोहिणी गाउँपालिकाले गाउँपालिकामै रहेका कोभिड बिरामीलाई उपचार दिने उद्देश्यले गाउँपालिकास्तरीय पाँच बेडको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । एक संक्षिप्त कार्यक्रमकाबीच  गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले उक्त अस्पतालको औपचारिक सुरुवात गराएका छन् ।

    हालको आवश्यकता हेरेर अक्सिजनसहितको अस्पताल रहे पनि यसलाई विस्तार गरेर १० बेडको अस्पतालको रुपमा सञ्चालन गर्न सकिने उनले बताए । धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा १० बेडले पनि नपुगे अन्य वैकल्पिक स्थानहरुको समेत पहिचान गरी आवश्कता अनुसार विशेष अस्पताल बनाउन गाउँपालिका तयारी अवश्थामा रहेको उनले जानकारी दिए । 

    रुपन्देही पनि अहिले कोभिडको मारमा रहेको र यसको प्रभावमा रोहिणी गाउँपालिका पनि रहेको हुँदा उनले निषेधाज्ञाको पालना गर्न आग्रह गरे । दोस्रो भेरियन्टको रुपमा देखिएको कोभिडको प्रभाव कडा रहेकोले सकेसम्म सरकारले तोकेको मापदण्ड पालना गर्न उनले गाउँपालिकावासीमा अनुरोध गरेका छन् । 

    रोहिणी गाउँपाकिा वडा नम्बर ३ मा रहेको धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा केन्द्रिय सरकारको १० लाख बजेट सहयोगले विशेष अस्पताल निर्माण गरिएको रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । यससंगै सो अस्पतालको लागी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर उमेश गुप्ताको नेतृत्वमा १ जना अनमी, १ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगीको पनि व्यवस्थापन गरिएको न्यौपानेले जानकारी दिए । 

    रोहिणी गाउँपालिकामा अहिले सक्रिय कोरोना संक्रमित ३० जना रहेका छन् । उनीहरुमध्ये एक जनाको भैरहवास्थित भिम अस्पतालमा उपचार भइरहेको र बाँकीको घरमै रहेर हेरचाह भई रहेको रोहिणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास चौधरीले बताए । उनले रोहिणी गाउँपालिकामा वैशाखमा १ जना कोरोना संक्रमितको मृत्यृ भएको जानकारी दिए । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij