२०८२, फाल्गुण ३० गते

Mar 14 2026 | २०८२, फाल्गुण ३० गते

श्रमलाई व्यंग्य होइन, सम्मान गरौं : बासुदेव घिमिरे

शनिवार , फाल्गुण ३०, २०८२

  • 319
    Shares
  • 319
    Shares
  • भैरहवा, ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा पूर्व सांसद् बासुदेव घिमिरेले श्रमलाई व्यंग्य नभइ सम्मान गर्न आग्रह गर्नुभएको छ । उहाँले आज ग्यास आपूर्तिमा देखिएको समस्याले पशुपालन र कृषिको महत्व झन् बढ्दै गएको स्पष्ट बनाएको बताउनुभयो । किसानको पसिनामा नै देशको भोलि लुकेको उहाँले बताउनुभयो । 

    ‘कतिपय साथीहरूले ‘चुनाव हार्यौ, अब गाई पाल” भन्ने व्यंग्य सुनाउँदा मलाई दया लाग्छ । किनकि गाई–भैंसी पाल्नु कुनै तिरस्कारको विषय होइन, यो त श्रम, आत्मनिर्भरता र जीवनको आधार हो । म त सानैदेखि बुबाआमाले पशुपालन गर्नुभएको देख्दै हुर्किएको मान्छे हुँ, त्यो संस्कार आज पनि निरन्तर छ, ’उहाँले भन्नुभयो ।

    घिमिरे रुपन्देहीको तिलोत्तमा नगरपालिकाको संस्थापक नगरप्रमुख समेत हुनुहुन्छ ।