२०८३, श्रावण २२ गते

Aug 07 2026 | २०८३, श्रावण २२ गते

ड्रोन आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

सोमवार , चैत्र २, २०८२

  • 961
    Shares
  • 961
    Shares
  • काठमाडौं, २ चैत । यूएईको दुबईमा ड्रोन आक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थित इन्धन ट्याङ्की नजिकै आगलागी भएको भएको छ। दुबई मिडिया अफिसले सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको बताएको हो।

    उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । यी आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डा मात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत परेका छन् ।

    सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दुबई नागरिक उड्डयन प्राधिकरणले यात्रु र कर्मचारीहरूको सुरक्षाका लागि विमानस्थलको उडान सेवा अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ। विमानस्थल बन्द भएपछि एमिरेट्स एयरलाइन्सले पनि दुबई आउने र यहाँबाट बाहिरिने आफ्ना सबै उडानहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।

    एमिरेट्सले यात्रुहरूलाई तत्काल विमानस्थल नआउन र उडानको पछिल्लो जानकारीका लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न आग्रह गरेको छ।