images
images

शुक्रवार, जेठ ४ गते २०८१

लायन्स बुटवलद्वारा अक्सिजन बैंकमा सहयोग

लायन्स बुटवलद्वारा अक्सिजन बैंकमा सहयोग

images
images
images
बिहिवार, बैशाख २३ २०७८
बिहिवार, बैशाख २३ २०७८
  • लायन्स बुटवलद्वारा अक्सिजन बैंकमा सहयोग

    वैशाख, २३ वैशाख ।
    सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिकामा सञ्चालित अक्सिजन बैंकमा १ सय २५ वटा सिलिण्डर भर्ने जिम्मा लिएको छ । क्लबले अक्सिजन सिलिण्डर भर्ने वा सो वापतको ७८ हजार १ सय २५ रुपैयाँ  तिर्ने सहमति गरेको छ । लायन्स बुटवलका अध्यक्ष सञ्जय कलवार जयसवालका अनुसार अक्सिजनको अभाव हुन नदिको लागि लायन्सले सामाजिक उत्तरदायित्व अभियान अनुसार यो अभियानमा साथ दिएको हो ।

    दोस्रो लहरको कोभिड संक्रमितहरुको उपचारमा अत्याधिक अक्सिजन खपत भएसंगै अभाव देखिएपछि बुटवल उपमहानगरमा रहेका कोभिड संक्रमितहरूलाई लक्षित गर्दै अक्सिजन बैंक स्थापना गरिएको र नगरपालिकाले खाली सिलिण्डर उपलन्ध गराउने र अक्सिजन भर्ने जिम्मा लायन्स एरिया ४ ले गर्ने कार्यदलका सदस्य सन्दीप कसौधनले बताए ।
     
    अक्सिजन बैंकको बुटवल उपमहानगरपालिकाले मंगलबार शुभारम्भ गरेसंगै सामाजिक संस्था सहकार्य गरी सेवा सुरु गरिएको नगरप्रमुख शिवराज सुवेदीले बताए । 

    बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, कार्यदलका सदस्य तथा लायन्स जिल्ला परिषद ३२५ बी २ नेपाल एरिया ४ प्रमुख सन्दिप कसौधन, लायन्स बुटवलको तर्फबाट अध्यक्ष सञ्जय कलवार जयसवालको उपस्थितिमा सम्झौता गरिएको हो ।  होटल, होम आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई निःशुल्क अक्सिन सिलिण्डर वितरण गरिनेछ ।

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij