२०८२, चैत्र ४ गते

Mar 18 2026 | २०८२, चैत्र ४ गते

मन्त्री बन्न ‘मिडिया ट्रायल’ र लबिङ नगर्न सांसदहरूलाई रवि लामिछानेको चेतावनी

बुधवार , चैत्र ४, २०८२

  • 64
    Shares
  • 64
    Shares
  • काठमाडौं, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको निजी क्षेत्र, गैरआवासीय नेपाली (डायस्पोरा) र अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ ।

    नयाँ दल र नयाँ अनुहारहरू सत्ता र शक्तिमा आउँदा अर्थतन्त्र र लगानीको वातावरणमा कुनै नकारात्मक असर नपर्ने भन्दै उहाँले सबैलाई आश्वस्त पार्नुभएको हो । मुलुकको आर्थिक समृद्धिलाई आफ्नो पार्टीले प्रमुख एजेण्डा बनाएको बताउँदै लामिछानेले निजी क्षेत्रलाई कतै पनि विचलित नहुन आग्रह गर्नुभयो ।

    देश निर्माणको महान अभियानमा विदेशमा रहेका नेपालीहरूको पुँजी र सीप आवश्यक रहेको भन्दै उहाँले डायस्पोरालाई नेपालमै आएर काम गर्न अपिल गर्नुभयो । यसैगरी, अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई लक्षित गर्दै उहाँले नेपाल लगानीका लागि सुरक्षित गन्तव्य भएको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘तपाईंहरूले निर्धक्कसँग काम गर्नसक्ने वातावरण हामी बनाउँछौँ । तपाईं र तपाईंको लगानी यो देशमा सुरक्षित हुन्छ, निर्धक्क हुनुहोला । कुनै किसिमको बाधा अड्चन हुने छैन । तपाईंलाई कुनै अमुक नेता वा पार्टीले संरक्षण गर्दैन, देशको नीतिले संरक्षण गर्नेछ ।’
    उहाँले देशमा उद्योग कलकारखाना चल्नुपर्ने, रोजगारी सिर्जना हुनुपर्ने र सुशासनमा नयाँ मानक स्थापना गर्दै आर्थिक समृद्धिको बाटोमा अहोरात्र काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।