बिहिवार , चैत्र ५, २०८२
काठमाडौं, ५ चैत । राष्ट्रपति इल्हाम अलिएभको निर्देशनमा अजरबैजानले इरानलाई थप मानवीय सहायता पठाएको छ ।
छिमेकी राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न मार्च ८, २०२६ मा अलिएभ र इरानी राष्ट्रपति मसुद पेजेस्कियानबीच भएको टेलिफोन वार्ता पछि यो सहायताको व्यवस्था गरिएको हो ।
यस खेपमा ८२ टन सहायता सामग्री रहेको छ, जसमा ७६ टन खाद्यान्न, चार टन औषधि र दुई टन चिकित्सा उपकरणहरू समावेश छन् । यी सामग्रीहरू पाँचवटा ट्रकमार्फत ढुवानी गरिएका छन् ।
जसमा नजिकिँदै गरेको चाडपर्वको अवसरमा दिइने उपहार र नौरोजसँग सम्बन्धित सामग्रीहरू पनि रहेका छन् । अजरबैजानका लागि इरानका राजदुत मोजतबा डेमिर्चिलुले पत्रकारहरूसँग कुरा गर्दै इरानलाई मानवीय सहायता पठाउने पहिलो देश अजरबैजान भएकोमा तेहरानले यसको स्वागत गरेको बताउनु भयो ।
इरानलाई सहायता पु¥याउन ट्रान्जिट मार्गको रूपमा आफ्नो भूभाग प्रयोग गर्न अनुरोध गर्दै धेरै तेस्रो देशहरूले अजरबैजानलाई सम्पर्क गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
