images
images

शुक्रवार, जेठ ४ गते २०८१

दाङका दुई स्थानीय तहमा कोरोना संक्रमितको संख्या उच्च 

दाङका दुई स्थानीय तहमा कोरोना संक्रमितको संख्या उच्च 

images
images
images
बिहिवार, बैशाख २३ २०७८
बिहिवार, बैशाख २३ २०७८
  • दाङका दुई स्थानीय तहमा कोरोना संक्रमितको संख्या उच्च 

    दाङ, २३ वैशाख ।
    दाङका १० वटा स्थानीय तहमध्ये २ उपमहानगरपालिकामा कोरोना संक्रमण उच्च दरमा वृद्धि भएको छ । बुधबारसम्मको तथ्यांक अनुसार तुलसीपुर उपमहानगरपालिकामा अहिले सक्रिय संक्रमितको संख्या १ हजार १ सय ७४ रहेको कोरोना फोकलपर्सन विमल केसीले जानकारी दिए । त्यस्तै हालसम्म उपमहानगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

    images
    images
    images

    उपमहानगरपालिकामा हाल सम्म २ हजार १ सय ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ९३९ निको भएर डिस्चार्ज भएको फोकलपर्सन केसीले जानकारी दिए ।

    यता घोराही उपमहानगरपालिकामा बुधवार थप नयाँ ७५ जना संक्रमितहरु थपिएसंगै बैशाख १ गतेदेखि २२ गतेसम्म ९७० जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिकाले जनाएको छ ।  

    त्यस्तै हालसम्म ८५ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । उपमहानगरमा २२ गते सम्म ६ महिला र ९ पुरुष गरी १५ जना संक्रमितको मृत्यु भएको उपमहानगरले जनाएको छ । अहिले उपमहानगरमा सक्रिय संक्रमित ८७० जना रहेका छन्, भने सबै भन्दा बढी वडा नम्बर १५ का ४१९ जना रहेका छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij