२०८२, चैत्र ६ गते

Mar 20 2026 | २०८२, चैत्र ६ गते

जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना

शुक्रवार , चैत्र ६, २०८२

  • 211
    Shares
  • 211
    Shares
  • काठमाडौं, ६ चैत ।  अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले जानकी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ । 

    अन्तरिम सरकारको नेतृत्व गरेपछि जनकपुरधाम पहिलो पटक जानुएकी प्रधानमन्त्री कार्की जानकी मन्दिर पुगेर पूजा अर्चना गर्नुभएको हो । जनकपुरधाम विमान स्थलबाट जानकी मन्दिर पुग्नुभएकी प्रधानमन्त्री कार्कीले पूजा अर्चना पश्चात मन्दिरका महन्थ तथा पूजारीहरुसँग समेत भेटघाट गर्नुभयो ।

    पूजा पश्चात उहाँले जनकपुरधाम भ्रमण उपलब्धिमुलक रहेको जानकारी दिनुभयो । उहाँले आफू राजनीति गर्ने मान्छे नभएको र धार्मिक प्रयोजनका लागि मात्रै जनकपुरधाम आइपुगेको बताउनु भयो ।

    जनकपुरधामबाट उहाँ महोत्तरी जाने कार्यक्रम रहेको छ । उहाँले महोत्तरीको गौशालामा रहेको निगौल गाई गौशालाको निरिक्षण गर्नुहुनेछ ।