२०८२, चैत्र ६ गते

Mar 20 2026 | २०८२, चैत्र ६ गते

आँखा उपचार केन्द्रहरुको अर्धवार्षिक समिक्षा

शुक्रवार , चैत्र ६, २०८२

  • 622
    Shares
  • 622
    Shares
  • भैरहवा, ६ चैत । नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल, अन्तर्गत संचालित रुपन्देही आँखा उपचार केन्द्रहरुको अर्धवार्षिक समिक्षा एंव कार्यक्रम तर्जुमा गोष्ठी तिलोत्तमामा सम्पन्न भएको छ ।
     
    लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालका चिफ मेडिकल डाईरेक्टर प्रा। डा। सुशिला पटेलको सभापतित्वमा भएको कार्यक्रममा अस्यताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणा, सेवा नेपालको कार्यक्रम डाईरेक्टर डा।विनिता शर्मा, नेपाल नेत्र ज्योति संघ रुपन्देही शाखाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
     
    कार्यक्रममा अस्पताल अन्तर्गत संचालित ८ वटा आँखा उपचार केन्द्रका ईन्चार्जहरुले आर्थिक वर्ष २०८२र०८३ को ६ महिनामा सम्पन्न गरेका कार्यहरु तथा आर्थिक पक्षको बारेमा जानकारी गराएका थिए । उनीहरुले आगामी दिनमा गर्ने कार्यक्रमहरुबारे पनि गराएका थिए ।
     
    कार्यक्रमको उद्देश्यको बारेमा अस्पतालका बाह्य कार्यक्रम निर्देशक सह(प्राध्यापक डा।विनिता भट्टराईले जानकारी गराउनुभएको थियो । अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीको स्वागतमा भएको कार्यक्रम भएको कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले मन्तव्य राख्नुभएको थियो ।
     
    कार्यक्रमको प्राविधिक चरणको संचालन संजिव अधिकारी र अन्य कार्यक्रम अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले संचालन गर्नुएको थियो ।