images
images

शुक्रवार, जेठ ४ गते २०८१

सिद्धार्थनगरका प्रमुखले चढ्ने गाडी कोरोना संक्रमितका लागि 

सिद्धार्थनगरका प्रमुखले चढ्ने गाडी कोरोना संक्रमितका लागि 

images
images
images
बिहिवार, बैशाख २३ २०७८
बिहिवार, बैशाख २३ २०७८
  • सिद्धार्थनगरका प्रमुखले चढ्ने गाडी कोरोना संक्रमितका लागि 

    भैरहवा २३ वैशाख ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले आफूले चढ्दै आएको गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका छन् । संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स प्रयाप्त मात्रामा नभएपछि नगरप्रमुख अधिकारीले चढ्दै आएको गाडी बिरामीको सेवामा प्रयोग हुने भएको हो ।

    images
    images
    images

    छिटोछरितो सेवा दिन र समयमा पुग्नका लागि आफूले चढेको गाडी कोरोना संक्रमितको लागि प्रयोगमा ल्याएको नगरप्रमुख अधिकारीले बताए । गाडी सञ्चालनका लागि चालकको समस्या परेकोले केही समय ढिलाइ हुन पुगेको नगर उपप्रमुख उमा काफ्लेले बताइन् ।

    नगरप्रमुख अधिकारी हाल होम क्वारेन्टिनमा छन् । कोरोना संक्रमितसंगको कन्ट्याक्ट टे«सिङमा परेपछि उनी होम क्वारेन्टिनमा बसेको नगरपालिकाका प्रेस सल्लाहकार शंकर प्रसाद पाण्डेले जानकारी दिए ।

    सिद्धार्थनगरले नगरस्तरीय आइसोलेसन सेन्टर पनि तयार पारी सञ्चालनमा ल्याउन लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij