२०८२, चैत्र ८ गते

Mar 22 2026 | २०८२, चैत्र ८ गते

इण्डोनेसियाको बालीमा परम्परागत हिलो स्नान महोत्सव सम्पन्न

आइतवार , चैत्र ८, २०८२

  • 235
    Shares
  • 235
    Shares
  • काठमाडौं, ८ चैत । बालीका मानिसहरूले इण्डोनेसियाको बादुङ रिजेन्सीको केडोङ्गनन गाउँमा मेबुग–बुगन नामको परम्परागत हिलो स्नान उत्सव मनाएका छन् ।

    इण्डोनेसियाको पर्यटकीय टापु बालीमा हिन्दु धर्मावलम्वीहरूले आफ्नो नयाँ वर्षको अवसरमा विशेष परम्पराहरू पालना गर्ने गर्दछन् । यसै क्रममा न्येपी अर्थात मौन दिवसको भोलिपल्ट मेबुग–बुगन पर्व मनाइन्छ ।

    मेबुग–बुगनको मुख्य उद्देश्य मानिसभित्र रहेका खराब गुण र नकारात्मकतालाई हटाएर शुद्धीकरण गर्नु हो । स्थानीय बासिन्दाहरू शरीरभरि हिलो दलेर एक–अर्कासँग रमाइलो गर्छन् ।

    जसले गर्दा उनीहरूको मन र शरीर दुवै शुद्ध हुने विश्वास गरिन्छ । बालीको क्यालेण्डरअनुसार न्येपी दिवस एक पवित्र दिन हो जसले हिन्दु नयाँ वर्षको शुरुवात गर्दछ ।

    यस दिन बालीभरि पूर्ण मौनता कायम गरिन्छ र कुनै पनि काम वा मनोरञ्जन गरिँदैन। त्यसको लगत्तै मनाइने यो हिलो स्नान पर्वले नयाँ वर्षको उत्साह र उमङ्ग थप्ने काम गर्दछ ।