२०८२, भाद्र ७ गते

Aug 23 2025 | २०८२, भाद्र ७ गते

अर्घाखाँचीमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

बिहिवार , बैशाख २३, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • अर्घाखाँची, २३ वैशाख ।
    अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत सन्धिखर्क नगरपालिकामा १९, भुमिकास्थान नगरपालिका ५, शितगंगा नगरपालिका १, मालारानी गाउँपालिका ८, पाणिनी गाउँपालिका १० र छत्रदेव गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । 

    आज थपिएको  पीसीआर परीक्षणमा ३४ र १३ एन्टिजेन परीक्षण गरी ४७ जनामा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।

    यो संगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ५६ पुगेको छ ।