सोमवार , चैत्र ९, २०८२
काठमाडौं, ९ चैत । टर्कीको इस्तानबुल शहरको मध्य भागमा आईतवार एउटा भवन भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा पुरिएको स्थानीय सञ्चारमाध्यम एनटीभीले जनाएको छ ।
एनटीभीकाअनुसार शहरको युरोपेली तर्फ पर्ने ‘फतिह’ जिल्लामा उक्त दुर्घटना भएको हो । घटनास्थलबाट प्राप्त प्रत्यक्ष दृश्यहरूमा ठूलो संख्यामा दमकल, स्वास्थ्यकर्मी र प्रहरी टोलीहरू परिचालन गरिएको देखिएको छ ।
भग्नावशेषमा पुरिएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अहिले पनि जारी छ । भग्नावशेषबाट हालसम्म दुई जनाको जीवितै उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाइएको एनटीभीले उल्लेख गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij