२०८२, चैत्र ९ गते

Mar 23 2026 | २०८२, चैत्र ९ गते

४८ घण्टाभित्र हर्मुज जलसन्धि नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौं : ट्रम्प

सोमवार , चैत्र ९, २०८२

  • 313
    Shares
  • 313
    Shares
  • काठमाडौं, ९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड इरानलाई सीधा सैन्य कारबाहीको चेतावनी दिँदै ४८ घण्टाको समयसीमा (अल्टिमेटम) दिनुभएको छ ।

    राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत इरानले विश्वव्यापी इन्धन आपूर्तिका लागि महत्वपूर्ण मानिने हर्मुज जलसन्धिमा लगाएको अवरोध नहटाए इरानका विद्युत उत्पादन केन्द्रहरू (पावर प्लान्ट) ध्वस्त पारिदिने घोषणा गर्नुभएको हो ।

    फेब्रुअरी २८ देखि शुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण इरानले हर्मुज जलसन्धिमा अवरोध सिर्जना गरेको छ । विश्वको झन्डै २० प्रतिशत तेल र ग्यास यही मार्ग भएर आपूर्ति हुने गर्दछ । ट्रम्पको धम्की लगत्तै इरानको सेनाले पनि कडा प्रतिवाद गरेको छ ।

    इरानी सेनाका प्रवक्ताले यदि अमेरिकाले पावर प्लान्टमा आक्रमण गरेमा इरानले हर्मुज जलसन्धिलाई ‘स्थायी रूपमा’ बन्द गरिदिने र क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार इलाका तथा ऊर्जा पूर्वाधारहरूलाई निशाना बनाउने चेतावनी दिएका छन् ।

    हर्मुज जलसन्धि बन्द भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ । ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ११२ डलर पुगेको छ भने अमेरिकामा पेट्रोलको मूल्य चार वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । इरानको सबैभन्दा ठूलो पावर प्लान्ट ‘बुशेर आणविक ऊर्जा केन्द्र’ लाई ट्रम्पले निशाना बनाउन सक्ने अनुमान गरिएको छ ।

    यद्यपि, मानव अधिकारवादी संस्थाहरूले नागरिक पूर्वाधारमा गरिने यस्तो आक्रमणले सर्वसाधारणमा ठूलो मानवीय संकट निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले हालै दक्षिण इजरायलमा गरेको मिसाइल आक्रमणको बदला लिने बताउनुभएको छ । उक्त आक्रमणमा १०० भन्दा बढी मानिस घाइते भएका थिए ।