सोमवार , चैत्र ९, २०८२
पोखरा, ९ चैत । पोखरा महानगरपालिकामा शिक्षाको गुणस्तर सुधारका लागि चालिएका कदमहरूले सकारात्मक नतिजा दिन थालेका छन् ।
मेयर धनराज आचार्यकाअनुसार पछिल्लो समय सामुदायिक (सरकारी) विद्यालयहरूमा ८ हजारभन्दा बढी विद्यार्थी थपिएका छन् । कतिपय सरकारी विद्यालयहरूमा त अहिले भर्ना पाउनै मुस्किल हुने अवस्था सिर्जना भएको छ ।
जहाँ २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । महानगरले शिक्षा क्षेत्रमा ५५ वटा विभिन्न बुँदाहरूमा सुधारका कामहरू अघि बढाएको छ ।
यसले गर्दा सरकारी विद्यालयहरू र शिक्षकहरूमा नयाँ आत्मविश्वास पलाएको मेयर आचार्यले बताउनु भयो । यसैगरी विकासको बजेटलाई तल्लो तहसम्म पु¥याउन मेयर आचार्यले बजेटको व्यापक विकेन्द्रीकरण गरेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ शिक्षाको कुरा गर्ने हो भने हामी आईसकेपछि सरकारी विद्यालयमा ८ हजार विद्यार्थी प्लस भएका छन् । हाम्रा थुप्रै सरकारी विद्यालयहरुमा भर्ना गर्न पाइँदैन । २ हजारभन्दा बढी विद्यार्थी भएका थुप्रै विद्यालयहरु छन् ।
एजुकेशनमा पनि हामीले ५५ वटा विभिन्न बुँदाहरुमा सुधार गरेका छौँ । जसका कारणले गर्दा हाम्रा विद्यालयहरु पनि कन्फिडेन्ट हुँदैछन् । भइरहेका छन् । यी त हाम्रा बजेटले गर्ने कुराहरु भए । हिजो अघिल्लो कार्यकालसम्म माथिले दिएन भन्ने थियो ।
हामी आएपछि मैले पहिलो बैठकबाटै अघिल्लो कार्यकालमा अध्यक्षहरुले पाँच वर्षमा पाएको बजेट मेरो कार्यकालका वडा अध्यक्षहरुलेपहिलो वर्षमा नै पाएका छन् ।
एउटा अध्यक्षले २५ वर्षमा पाउने बजेट एकै वर्षमा हामीलेवडामा पठाएका छौँ । वडा स्तरका तलतलसम्मका सबै काम बनेका छन् । वडा बनेपछि महानगर आफैँ भन्ने हो नि । अनि वडा र वडाध्यक्ष सफलहुने, महानगर असफल हुने हो र । होइन नि ।’
उहाँकाअनुसार अघिल्लो कार्यकालमा वडा अध्यक्षहरूले ५ वर्षमा पाएको जति बजेट अहिलेका वडा अध्यक्षहरूले पहिलो वर्षमै पाएका छन् । एउटा वडा अध्यक्षले २५ वर्षमा पाउने जति बजेट एकै वर्षमा वडामा पठाएर वडा तहका साना–ठूला सबै कामहरूलाई तिब्रता दिइएको छ । वडा बलियो र सफल भए मात्र महानगर सफल हुने मेयर आचार्यको भनाइ छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij