सोमवार , चैत्र ९, २०८२
काठमाडौं, ९ चैत । मस्कोमा चीनमा महिला विकासका उपलब्धिहरूलाई उजागर गर्ने एक तस्बिर प्रदर्शनी शुरु भएको छ ।
यस प्रदर्शनीमा चीन र रुसका राजनीतिक, प्राज्ञिक, सञ्चार र व्यावसायिक क्षेत्रका ८ सय भन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो । रुसस्थित चिनियाँ दुतावासद्वारा संयुक्त रूपमा आयोजित यस प्रदर्शनीमा करिव ४० वटा छानिएका तस्बिरहरू समावेश छन् ।
यी तस्बिरहरूले चिनियाँ महिलाहरूको प्रगतिको कथा र यस क्षेत्रमा चीन–रुस बीचको आदानप्रदान र सहयोगको परिणामहरूलाई देखाउँछन् । चिनियाँ राजदुत झाङ हानहुईले सन् २०२६ लाई चीन–रुस रणनीतिक साझेदारीको ३० औं वार्षिकोत्सवको रूपमा मनाइने उल्लेख गर्नुभयो ।
उहाँले यस प्रदर्शनीले ‘शी पावर’ (महिला शक्ति) लाई विश्वव्यापी रूपमा अगाडि बढाउन र दुई देशबीचको मित्रतालाई प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
रुस–चीन मैत्री संघकी प्रथम उपाध्यक्ष गालिना कुलिकोभाले प्रदर्शनीमा रहेका महिला अन्तरिक्ष यात्री, विमान डिजाइनर र क्षेत्र कार्यकर्ताहरूका तस्बिरहरूले आफूलाई निकै प्रभावित पारेको बताउनु भयो । उहाँकाअनुसार चीनले महिलाहरूको विकासका लागि अनुकुल वातावरण सिर्जना गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij