मंगलवार , चैत्र १०, २०८२
भैरहवा, १० चैत । रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कन्हैया बनियाले भोजपुरी भाषामा सपथ लिनुहुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् बनियाले आफ्नो सपथको भाषा भोजपुरी रोज्नुभएको हो ।
संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथका लागि तय गरेको कार्यतालिका अनुसार उहाँले भोजपुरीमा सपथ लिने गरी विवरण बुझाउनुभएको हो । २०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित बनियाले भोजपुरी भाषामै सपथ लिनुभएको थियो ।
संसद् सचिवालयले नेपालीबाहेकका मातृभाषामा शपथ लिन चाहने सांसदहरूका लागि सोमबारसम्म नाम टिपाउने समय सीमा तोकेको थियो । नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ । २१ फागुनको चुनावबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनियताको शपथ चैत १२ गते हुँदैछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij