२०८२, भाद्र ७ गते

Aug 23 2025 | २०८२, भाद्र ७ गते

नेपालमा कोरोना संक्रमण नयाँ रेकर्ड : ९ हजार ७० संक्रमित

५४ जनाको मृत्यु

बिहिवार , बैशाख २३, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, २३ वैशाख । 
    नेपालमा कोरोना संक्रमणमा बिहीबार पनि नयाँ रेकर्ड कायम भएको छ । आज ९ हजार ७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने गत २४ घण्टामा ५४ जना संक्रमितको निधन भएको छ ।

    हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार ५ सय २९ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको २१ हजार १ सय ४२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टामा २ हजार ७ सय ७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने कुल २ लाख ९२ हजार ४ सय ९० जना छन् । नेपालमा निको हुने दर ७९ दशमलव ४ प्रतिशत रहेको पनि मन्त्रालयले जानकारी गराएको छ ।