बुधवार , चैत्र ११, २०८२
काठमाडौं, ११ चैत । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गर्नुभएको छ ।
पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर केसीले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ज्येष्ठ सदस्य केसीले आफ्नो सिमित समयको सभामुखको भुमिकामा कार्यकालमा संसद्लाई निष्पक्ष र पारर्दी रूपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले सभामुखको भुमिकाले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै आफू संसदका सम्पूर्ण सदस्यहरूको विशेषाधिकारको संरक्षकका रूपमा प्रश्तुत हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो निष्पक्ष समयभित्र निष्पक्ष र पारदर्शी रुपले सभामुखको भुमिका निर्वाह गर्छु । सभामुखले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्छ । र संसदभित्र सबै सांसदहरुको विशेषाधिकारको संरक्षकको रुपमा पनि भूमिका निर्वाह गर्नुपर्छ ।’
नयाँ सभामुखको निर्वाचन नभएसम्मका लागि केसीले बैठक सञ्चालन र संसदको अन्य व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नुहुनेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij