२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

अस्पतालसम्म पुग्न नसक्ने विरामीलाई राप्रपा देवदहले गाडी उपलब्ध गराउने

बिहिवार , बैशाख २३, २०७८

भैरहवा, २३ वैशाख । 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देवदह नगर कार्यसमिति, रुपन्देहीले सवारीसाधनको अभावमा अस्पतालसम्म पुग्न नसक्ने विरामीहरुलाई सवारीसाधन निःशुल्क उपलब्ध गराउने भएको छ ।

देवदह नगरपालिका भित्रका असहाय, अशक्त, विरामीहरुका लागि अस्पतालसम्म पुर्याउनका लागि २४ सै घण्टा सवारीसाधन उपलब्ध गराउने राप्रपाका केन्द्रीय सदस्य तोयानाथ लम्सालले जानकारी दिए । ‘कोरोना संक्रमित विरामीहरुलाई लक्षित गर्दै अस्पतालसम्म पुग्न केही भए पनि सहज होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरेका छौं, ’ राप्रपा नेता हेम गौतम (कमल)ले भने ।

राप्रपा देवदहले अस्पतालसम्म जानका लागि सवारीसाधन सेवाका लागि सम्पर्क व्यक्ति तथा नम्बर पनि सार्वजनिक गरेको छ । सवारीसाधनका लागि चालकहरु रमेश पौडेल (९८५७०७५१६१), किरण गौतम (९८६०३४८५१) र चन्द्र कुंवर (९८१७४७१५६३) लाई फोन गर्न सकिने राप्रपा देवदहका अध्यक्ष माधव प्रसाद रिमालले जानकारी दिए । त्यस्तै कोरोनाबाट बच्न र बचाउन स्वास्थ्य मापदण्ड पालना गर्न समेत सम्पूर्ण आग्रह गरिएको राप्रपाका युवा नेता शशी भण्डारीले बताए ।

राप्रपा देवदहले कोरोना महामारीको समयमा रचनात्मक काम गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।FB_IMG_1620314872846.jpg