२०८२, चैत्र ११ गते

Mar 25 2026 | २०८२, चैत्र ११ गते

एथर ईभी स्कुटर ९९९ मै बुक गर्न सकिने, १३ गते देशभर सार्वजजिक गरदै

बुधवार , चैत्र ११, २०८२

  • 349
    Shares
  • 349
    Shares
  • बुटवल । नेपालका लागि एथर ईभी स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले नयाँ इलेक्ट्रिक स्कुटर एथर रिज्टा एस सार्वजनिक गर्ने भएको छ । कम्पनीले यही चैत १३ मा उक्त स्कुटरको औपचारिक रूपमा सार्वजनिक गर्ने घोषणा गर्न लागिएको हो । 

    एथर ब्रान्डप्रति उपभोक्ताको सकारात्मक प्रतिक्रिया बढ्दै गएको र पेट्रोलियम पदार्थको गहिरिदो संकटलाई ध्यानमा राखेर नयाँ मोडलको स्कुटर बजारमा ल्याउन लागिएको बैद्य ईनर्जी प्रा.लि, बुटवलका ईसी ईन्चार्ज पुजन बस्यालले जानकारी दिनुभयो । 

    उहाँका अनुसार रिज्टा एसलाई नेपाली प्रयोगकर्ताको आवश्यकता ध्यानमा राखी डिजाइन गरिएको छ । यसले दैनिक प्रयोगमा सहजता र किफायती मूल्य प्रदान गर्ने लक्ष्य राखेको छ, भने प्रयोगकर्तालाई पनि आरामदायि यात्रा गराउने उहाँको भनाई छ । 

    कम्पनीले विद्युतीय सवारीतर्फको रूपान्तरणलाई अझ तीव्र बनाउने विश्वास लिइएको छ।  ग्राहकहरूले केवल ९९९ रुपैयाँमा स्कुटर बुक गर्न सक्नेछन भने उक्त रकम पूर्ण रूपमा फिर्ता योग्य रहेको बस्यालले जानकारी दिनुभयो । 

    WhatsApp Image 2026-03-25 at 5.02.27 PM.jpeg

    प्रारम्भिक बुकिङ गर्ने ग्राहकहरूले विशेष परिचयात्मक मूल्यको लाभ समेत पाउने कम्पनीले जनाएको छ । प्राविधिक विशेषताअनुसार, एथर रिज्टा एसले सिंगल चार्जमा १२३ किलोमिटरसम्मको रेन्ज दिन्छ भने फास्ट चार्जिङमार्फत १० मिनेटमै १५ किलोमिटर थप दूरीका लागि चार्ज गर्न सकिन्छ ।

    यसमा ३४ लिटरको अन्डरसिट स्टोरेज, ८० किमीरघण्टासम्मको गति, रिभर्स मोड, अटो होल्ड र पार्क असिस्टजस्ता सुविधाहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    स्कुटरमा ५ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टीसमेत दिइने भएको छ, जसले ग्राहकलाई दीर्घकालीन विश्वसनीयता प्रदान गर्ने कम्पनीको दाबी छ । वैद्य इनर्जी प्रालिका अनुसार एथर रिज्टा एस चैत १३ गतेदेखि देशभर आधिकारिक रूपमा उपलब्ध हुनेछ र एथर एक्सपिरियन्स सेन्टरमार्फत बिक्री वितरण गरिनेछ । 

    कम्पनीले अहिलेसम्म उपलब्ध स्कुटर ३ लाख २५ हजार देखि ४ लाख सम्मका रहेको जनाएको छ भने १३ गते पछाडि भने ३ लाख भित्रमै नयाँ मोडलको स्कुटर ल्याउने तयारी गरेको जनाएको छ ।