२०८२, चैत्र १७ गते

Mar 31 2026 | २०८२, चैत्र १७ गते

दुर्गा सामुदायिकको अध्यक्षमा पुन: अजय गुप्ता

मंगलवार , चैत्र १७, २०८२

  • 322
    Shares
  • 322
    Shares
  • भैरहवा, १६ चैत । दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ को १५ औं साधारण सभा तथा पाँचौं  अधिवेशन सम्पन्न भएको छ ।

    शनिबार भेरहवामा सम्पन्न साधारण सभा तथा अधिवेशनले पुनस् अजय कुमार गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । सामुदायिक केन्द्रको वरिष्ठ उपाध्यक्ष शान्ता कंडेल, उपाध्यक्ष (खुल्ला) मा नन्दकिशोर यादव, उपाध्यक्ष  (महिला) मा शकुन्तला अधिकारी, महासचिवमा पुनम क्षेत्री, कोषाध्यक्षमा कमलेश पाण्डे र सचिवमा रश्मि कोइराला र सह कोषाध्यक्षमा पुनम जैसवाल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अधिवक्ता दिलिप कुमार मल्लिकले बताउनुभयो ।

    त्यस्तै सदस्यहरुमा विजय चन्द ठकुरी, कल्पना ज्ञवाली, सुनिता शर्मा, शान्ता भण्डारी, विष्णु गुप्ता, वर्षा अर्याल र दुर्गा केसी निर्वाचित हुनुभएको छ । दुर्गा सामुदायिकका अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता, जिल्ला प्रहरी  कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश सापकोटाको प्रमुख आतिथ्यता, सिद्धार्थनगर नगरपालिका (६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवको विशिष्ट आतिथ्यता, सिद्धार्थगर (३ का पुर्व वडाअध्यक्ष थानेश्वर पौडेल, राजेश ढकाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    सामुदायिकका वरिष्ठ उपाध्यक्ष आनन्द प्रसाद न्यौपानेको स्वागतमा भएको कार्यक्रममा वाषिृक प्रतिवेदन महासचिव शान्ता कंडेल र लेखा परिक्षण प्रतिवेदन कोषाध्यक्ष नन्द किशोर यादवले प्रस्तुत गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष गुप्ताले आफू भन्ने नभई हामी भन्ने भावनाका साथ अघि बढेको र बढदै जाने उल्लेख गर्नुभयो ।

    WhatsApp Image 2026-03-31 at 11.04.07.jpeg