२०८२, चैत्र २० गते

Apr 03 2026 | २०८२, चैत्र २० गते

निःशुल्क दृष्टि परीक्षण शिविरमा २७० जनाले लिए सेवा

शुक्रवार , चैत्र २०, २०८२

  • 247
    Shares
  • 247
    Shares
  • भैरहवा, २० चैत । नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालले निःशुल्क दृष्टि परीक्षण शिविर सम्पन्न गरेको छ । 

    बिहीबार एसियन फार्मासियूटिकलमा आयोजित शिविरमा २७० जनाको आँखा परीक्षण गरिएको अस्पतालका बाह्य कार्यक्रम निर्देशक तथा वरिष्ठ नेत्र अधिकृत संजीव अधिकारीले बताउनुभयो ।

    अधिकारीका अनुसार विगत ३ वर्षदेखि नियमित वार्षिक रुपमा एकपटक यहाँ शिविरको आयोजना हुँदै आएको छ ।