२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

सिद्धार्थनगरमा निजी स्वास्थ्य संस्थाको अनुगमन

शनिवार , चैत्र २१, २०८२

  • 445
    Shares
  • 445
    Shares
  • भैरहवा, २१ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रमा सञ्चालित निजी स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ । नगर उपप्रमुख उमा अधिकारीको नेतृत्वमा अस्पताल, क्लिनिक, औषधी पसल, ल्याब लगायतको अनुगमन गरिएको हो ।

    नगरपालिकाको जनस्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत बिजय नाथ चौधरीले नगरपालिकाबाट अनुमति लिइ सञ्चालन भएका स्वास्थ्य संस्थाहरुको नविकरण हुनुपूर्व अनुगमन गरिएको बताउनुभयो । उहाँले मापदण्डअनुसार सेवा सञ्चालन भएका छन् वा छैनन् भनेर पत्ता लगाउन अनुगमन गरिएको जानकारी दिनुभयो ।

    सिद्धार्थनगर नगरपालिका–५ स्थित खुश्बु फार्मेसी र सिद्धार्थनगर–१२ स्थित ओजश हस्पिटल प्रा.लि.मा अनुगमन गरिएकोमा दुवै स्वास्थ्य संस्था मापदण्डअनुसार नै सञ्चालनमा रहेको पाइएको चौधरीले जानकारी दिनुभयो । आगामी दिनमा अन्य स्वास्थ्य संस्थाहरुमा पनि अनुगमन गरिने नगरपालिकाले जनाएको छ ।

    health anugaman.jpg

    अनुगमनमा उपप्रमुख तथा नगरपालिकाको अनुगमन समिति संयोजक उमा अधिकारी, सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, वडा सदस्य सरस्वती श्रेष्ठ, जनस्वास्थ्य शाखा प्रमुख माधव प्रसाद ज्ञवाली, कम्युनिटी नर्सिङ निरीक्षक गीता देवी न्यौपाने, जनस्वास्थ्य अधिकृत बिजय नाथ चौधरी लगायतको सहभागीता थियो ।