images
images

बुधवार, जेठ २ गते २०८१

कोभिड नियन्त्रणमा ध्यान दिन लुम्बिनीका विपक्षी गठबन्धनका नेताको माग

कोभिड नियन्त्रणमा ध्यान दिन लुम्बिनीका विपक्षी गठबन्धनका नेताको माग

images
images
images
शुक्रवार, बैशाख २४ २०७८
शुक्रवार, बैशाख २४ २०७८
  • कोभिड नियन्त्रणमा ध्यान दिन लुम्बिनीका विपक्षी गठबन्धनका नेताको माग

    बुटवल, २४ वैशाख । 
    लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनका नेताले विश्वलाई आक्रान्त पारेको कोभिड–१९ को महामारी नियन्त्रण र रोकथाम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । अस्पतालमा बेड र अक्सिजनको अभावमा स्थिति भयावह बन्न गै संक्रमितहरुले ज्यान गुमाइरहेको अवस्थामा सरकारलाई उपचार र व्यवस्थापनमा गम्भिर बन्न आग्रह गर्दै विपक्षी गठबन्धनले आवश्यक पूर्वाधार र सेवा प्रवाहलाई तीव्र बनाउन माग गरेका छन् । 

    images
    images
    images

    विपक्षी गठबन्धनका ४ संसदीय दलका नेताहरुले शुक्रवार संयुक्त विज्ञप्ती जारी गर्दै कोभिड–१९ को दोस्रो लहरको माहामारीको कारण जनजीवन आक्रान्त, भयावह र कहालीलाग्दो अवस्थामा पुगेको जनाउदै तत्काल व्यवस्था गर्न सक्ने सेवाहरुलाई यथाशिध्र छिटो प्रवाह गर्न ध्यानकर्षण गराएका हुन् । 

    विज्ञप्तीमा हस्ताक्षर गर्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा पुर्व मन्त्री कुल प्रसाद केसी, नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दीन खान, जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक पुर्मती ढेंगामगर र राजमोका तारा जिसीद्धारा जारी विज्ञप्तीमा संक्रमितहरु अस्पताल पुग्दा सामान्य बेड र सामान्य अक्सिजन समेत नपाएर ज्यान गुमाउन बाध्य भएका घटनाहरुले गठबन्धन दललाई गम्भिर बनाएको उल्लेख गरिएको छ । 

    सरकारले छटपटाइरहेका बिरामीको उपचारमा ध्यान नदिइ सत्तामा बसिरहने दाउ मात्र खेलिरहेको उल्लेख गर्दै विज्ञप्तीमा मुख्यमन्त्री शंकर पोखरेललाई आईसीयू बेड र भेन्टिलेटर वेडको विस्तार र अक्सिजनको व्यवस्था गर्नुपर्ने ठाउँमा २ दिनमा ४ जनालाई स्वास्थ्यमन्त्री फेरबदल गरी  सपथग्रहण गराई मन्त्री पद बाड्नमा व्यस्त रहेको आरोप लगाइएको छ । 

    विज्ञप्तीमा अहिलेको अवस्था आउनुमा लुम्बिनी प्रदेश सरकारको संवेदनहिन, लाचारीपना, लापरवाही र असक्षमता भएको ठहर गर्दै गठवन्धन दलले बिरोध गरेको छ । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमित विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामनासहित लुम्बिनी प्रदेश सरकारले तत्काल व्यवस्था गर्न सक्ने सेवाहरु उपलब्ध गराउन ध्यानाकर्षण गराइएको छ । 

    गठवन्धन दलले सबै सरकारी जिल्लास्तरका अस्पताल नेपालगंजको प्रहरी र आर्मी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी ८ सय ५० एचडीयु बेड निर्माण गर्न, बुटवल, नेपालगंज र दाङको भयावह अवस्थालाई मध्यनजर गरी देवदह मेडिकल कलेज वा क्रिमसिन अस्पताल, कोहलपुर मेडिकल कलेजलाई पूर्ण कोभिड अस्पतालको रुपमा रुपान्तरण गरी तत्काल ३ सय ५० आइसीयु वेड र भेन्टिलेटरको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानकर्षण गराएको छ ।

    त्यसै गरी दाङको वेलझुण्डीमा रहेको आयुर्वेद शिक्षण अस्पताललाई पूर्ण कोभिड अस्पतालमा रुपान्तरण गरी १ सय ५० वेड विस्तार गरी ३० बेडको आइसीयु निर्माण गर्न लुम्बिनी प्रदेशमा रहेका सबै अक्सिजन प्लान्टहरुमा विद्युत आपूर्ति सहित मर्मतसंहार गरी सिलिण्डरको व्यवस्थासहित सञ्चालन ध्यानाकर्षण गराइएको छ । 

    विज्ञप्तीमा प्रदेशमा रहेका अक्सिजन खपत गर्ने उद्योगहरुको अक्सिजन सिलिण्डर केन्द्रिकृत गरी अस्पताल प्रयोजनको लागि परिचालन गर्न आग्रह गरिएको छ । साथै गत वर्षको कोभिड व्यवस्थापनको लागि स्वीकृत गरिएको स्वास्थ्यकर्मीको ५ सय ८३ दरबन्दी अपर्याप्त रहेको हुँदा कम्तिमा १ हजार २ सय स्वास्थ्यकर्मीको दरबन्दीको व्यवस्था तत्काल गर्न, नेपाल सरकारको छात्रवृत्तिमा पढिरहेका पिजि डाक्टरहरु लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड महामारीमा परिचालन गर्नुपर्ने उल्लेख गरिएको छ। 

    विगतमा सञ्चालन गरिएका सबै आइसोलेशन अस्पतालहरुलाई न्युनतम अक्सिजनसहितको १५ सय बेड निर्माण गर्न भारतबाट नेपाल भित्रिने नेपाली नागरिकहरुको व्यवस्थापन गर्न नाकामै चेकजाँचको व्यवस्था र आइसोलेशन सेन्टरको स्थापना गरी संक्रमितहरुलाई त्यही उपचारको व्यवस्था गर्न र अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीहरुको खानाको व्यवस्था निःशुल्क गर्न समेत विज्ञप्तीमार्फत ध्यानाकर्षण गराइएको छ ।

    विज्ञप्तीमा भनिएको छ-‘गठवन्धन दलका प्रदेशसभा सदस्यहरुलाई १२ वटै जिल्लाका अस्पतालहरु र संक्रमितहरुको अवस्था अनुगमन गर्न खटाइएको छ । पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुलाई सतर्कता अपनाउँदै कोरोना संक्रमितहरुको सेवामा जुट्न आव्हान गरिएको छ । 4 party.jpg

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij