२०८३, जेठ १३ गते

May 27 2026 | २०८३, जेठ १३ गते

सिर्जना पौडेल केसीको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक

शुक्रवार , चैत्र २७, २०८२

  • 640
    Shares
  • 640
    Shares
  • काठमाडौं, २७ चैत  कास्की प्रहरीले सिर्जना पौडेल केसीको हत्यामा संलग्न दुई मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

    पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित सभागृह चोक नजिकै घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) नविन कार्कीले पत्रकार सम्मेलनमार्फत घटनाको विस्तृत विवरण र अभियुक्तहरूको पहिचान सार्वजनिक गर्नुभएको हो ।

    गत चैत २७ गते साँझ करिव ७ः०६ बजे सिर्जना पौडेल केसी आफ्नो मासु पसल बन्द गरेर पैदल घरतर्फ जाँदै गर्दा पोखरा–बागलुङ सडक खण्डको शिवालय चोक नजिकै उनीमाथि धारिलो हतियार (खुकुरी) प्रहार भएको थियो । अभियुक्तहरूले दिउँसोदेखि नै निगरानी गरेर एकान्त र अँध्यारो ठाउँ रोजेर पछाडिबाट आक्रमण गरेका थिए ।

    प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको मुख्य कारण पारिवारिक झैझगडा र अंश मुद्दा रहेको खुलेको छ । मृतक सिर्जनाले ९ वर्षअघि कृष्ण क्षेत्रीसँग दोस्रो विवाह गरेकी थिइन् । 

    उहाँले भन्नुभयो, ‘हामीले विभिन्न म्यानुअल्ली र टेक्निकल्ली विश्लेषण गरेर सुक्ष्म रुपले सूचनाहरु संकलन गरी अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएका छौँ । यो एक योजनावद्ध हत्या भएको देखिन्छ ।’

    कृष्णका जेठी श्रीमतीतर्फका छोराछोरी र सिर्जनाबीच सम्पतीको विषयमा विवाद रहेको देखिएको एसपी कार्कीले जानकारी दिनुभयो ।