२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

जनचेतनामा निर्माण हुने चारकोठे भवनको शिलान्यास

शनिवार , चैत्र २८, २०८२

  • 211
    Shares
  • 211
    Shares
  • भैरहवा, २८ चैत । रुपन्देहीको रोहिणी गाउँपालिका–३, परासीझुंगास्थित श्री जनचेतना आधारभूत विद्यालयमा चारकोठे भवन निर्माण हुने भएको छ ।

    ६८ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भवनको शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिलान्यास गर्नुभएको छ ।

    कार्यक्रममा बोल्दै अध्यक्ष यादवले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले विभिन्न योजनाहरू अगाडि बढाइरहेको बताउनुभयो ।

    उहाँले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार सुदृढ हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो । विद्यालयम भवन निर्माणले विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन ल्याउने अध्यक्ष यादवले विश्वास व्यक्त गर्नुभयो ।