२०८२, चैत्र २९ गते

Apr 12 2026 | २०८२, चैत्र २९ गते

रूपन्देही सुपर लिग : देवदह क्रिकेट क्लब विजयी

शनिवार , चैत्र २८, २०८२

  • 274
    Shares
  • 274
    Shares
  • भैरहवा, २८ चैत । भैरहवामा जारी २४ औं संस्करणको रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शनिबारको खेलमा देवदह क्रिकेट क्लब विजयी भएको छ । उसले प्रोफेसनल मास्टर्स–११ लाई ७ विकेटले हराउँदै जीत निकालेको हो ।

    जीतका लागि पाएको १ सय ३ रनको लक्ष्य देवदहले १८ ओभर १ बलमा ३ विकेटको नोक्सानीमा १ सय ६ रन बनाउँदै भेट्टायो र जीत निकाल्यो । उसको जीतमा सुजन गौतमले ७१ र विष्णु कटरियाले अविजित १२ रनको योगदान गरे । बलिङमा प्रोफेसनलका करण यादव, सोइब हसन मुसलमान र निरज मौर्यले १–१ विकेट लिए । 

    यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ३४ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय २ रनको सामान्य योगफल खडा गरेको थियो । उसका लागि समिर कंडेलले २४, सार्थक धितालले २२ र करण यादवले १७ रन बनाए । 

    बलिङमा देवदहका कृष्ण कार्कीले ४, सुरज खड्काले ३ तथा सिद्धार्थ टण्डन, विष्णु कटरिया र रोशन गौतमले समान १–१ विकेट लिए । खेलमा कृष्ण कार्की प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

    त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा र म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले प्रायोजन गरेको छन् ।

    त्यसै गरी म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रवि कुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित कुमार गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागीता छ ।