आइतवार , चैत्र २९, २०८२
दाङ, २९ चैत । दाङमा जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ । पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै रुपन्देहीले मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको हो ।
रुपन्देहीले पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा ३०–२८ ले पाल्पालाई हराएको हो । उपाधिसँगै नगद १ लाख, ट्रफी र मेडल हात पारेको छ भने दोस्रो स्थानमा चित्त बुझाएको पाल्पाले नगद ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी प्रतियोगितामा रुकुम पूर्व तेस्रो र बर्दिया चौथो स्थानमा रहेका छन् । रुकुमले बर्दियालाई ३–१ को सेटमा हराउँदै रुकुम पूर्व तेस्रो स्थान हात पारेको हो ।
पहिलो सेट हारेको रुकुम पूर्वले त्यसपछि लगातार तीन सेट जित्दै तेस्रो स्थान बनाउन सफल भएको हो । तेस्रो भएको रुकुम पूर्वले नगद ३५ हजार र सान्त्वना भएको बर्दियाले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij