२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

भारतको बिहारमा बस र पिकअप भ्यान ठोक्किँदा १० जनाको मृत्यु

सोमवार , चैत्र ३०, २०८२

  • 394
    Shares
  • 394
    Shares
  • काठमाडौं, ३० चैत । पूर्वी भारतीय राज्य बिहारमा बस र पिकअप भ्यान ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

    यो दुर्घटना बिहारको राजधानी पटनाबाट करिब २७९ किलोमिटर पूर्व कटिहार जिल्लाको गेराबारी नजिकै भएको हो । प्रहरीले यस घटनाबारे मुद्दा दर्ता गरी दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।

    संघीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले हालै भारतमा वार्षिक रूपमा करिव ५ लाख सडक दुर्घटना र १ लाख ८० हजार मृत्यु हुने गरेको बताउनु भयो ।