२०८२, भाद्र ७ गते

Aug 23 2025 | २०८२, भाद्र ७ गते

अर्घाखाँची जापान समाजद्वारा जिल्ला अस्पताललाई अक्सिजन मेशिन खरीद गर्न सहयोग 

शनिवार , बैशाख २५, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • अर्घाखाँची, २५ वैशाख ।
    जापानमा गठित अर्घाखाँची–जापान समाजले जिल्ला अस्पताल सन्धिखर्कमा अक्सिजनको अभावलाई मध्यनजर गदै ५ वटा ‘इलेक्ट्रिक अक्सिजन मेशिन’ खरीद गर्नको लागि आर्थिक सहयोग गरेको छ ।

    समाजका अध्यक्ष बाबुराम पौडेलका अनुसार जिल्लाबाट रोजगारीको सिलसिलामा गएका र अन्य व्यक्तिबाट आर्थिक रकम संकलन गरी नेपाल पत्रकार महासंघका अर्घाखाँँँँचीका अध्यक्ष अशोक खनालको खातामा ४ लाख ५० हजार रुपैयाँ पठाएको जानकारी दिए । सोही रकमबाट पत्रकार महासंघका अध्यक्ष खनाल र अस्पतालका प्रमुख डा. कपिल गौतमको सहकार्यमा मेशिन खरीद गर्न प्रक्रिया अगाडी बढेको अस्पतालका प्रमुख डा. गौतमले जानकारी दिए ।