२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

‘महामारी नियन्त्रणमा रोटरीयनले प्रभावकारी भूमिका खेल्नुपर्छ’

शनिवार , बैशाख २५, २०७८

बुटवल, २५ वैशाख । 
रोटरी क्लब अफ बुटवलको १३६३ औं नियमित बैठक शनिबारसम्पन्न भएको छ । क्लबका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको भर्चुअल बैठकको एजेण्डा गेष्ट स्पिकर रहेको थियो । बैठकमा अवार्ड तथा रिकोज्नाइसन कमिटीका डिष्ट्रिक चेयर प्रदिपमान वैद्य गेष्ट स्पिकरको रुपमा सहभागि भएका थिए । 

त्यस अवसरमा उनले मुलुक कोरोना भाइरसको महामारीको चपेटाबाट गुज्रिरहेको वर्तमान अवस्थामा रोटरीयनको भूमिका महत्वपूर्ण रहेको बताए । महामारीको बेलामा रोटरीयनहरुको भूमिका के हुने भन्नेबारेमा सबैले ध्यान दिनु जरुरी रहेको उनको भनाइ छ । संक्रमितको संख्या दिनहुँ बढिरहेको, मृत्यु हुने क्रम पनि उकालो लागिरहेको बेलामा सिंगो मुलुक कोभिडसँग जुध्न एकजुट हुनुपर्नेमा जनताको जीवनमाथि खेलवाड गर्ने गरी राजनीतिका नाममा भएका स्वार्थ केन्द्रित खेलले जनतालाई दुःखित बनाएको पनि उनले बताए । बैठकमा वैद्यले डिष्ट्रिक अवार्ड कमिटीको काम र अवार्डबारे पनि जानकारी गराएका थिए । 

बैठकमा रोटरीयनहरु राजेन्द्र ध्वजू, मणिरत्न पाण्डे, कृष्णप्रसाद अर्याल, रामचन्द्र पन्थी, रोम शर्मा लगायतले विभिन्न जिज्ञासा तथा सुझाव राखेका थिए । त्यस्तै रोटरीयनहरु डा. ताराप्रसाद उपाध्याय, पुरन श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, रामचन्द्र पन्थी, लगायतले पनि आफ्नो धारणा राखेका थिए ।