२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

पुटिन र इण्डोनेसियाली राष्ट्रपतिबीच मस्कोमा व्यापार र भू–राजनीतिबारे वार्ता

मंगलवार , बैशाख १, २०८३

  • 319
    Shares
  • 319
    Shares
  • काठमाडौं, १ बैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमवार मस्कोमा इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग द्विपक्षीय व्यापार र वर्तमान भू–राजनीतिक अवस्थाबारे वार्ता गर्नुभएको छ ।

    क्रेमलिनले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । पुटिनले सन् २०२५ मा रुस–इण्डोनेसिया व्यापार कारोबार १२.५ प्रतिशतले बढेको उल्लेख गर्दै दुवै देशले स्थिर व्यापार गति कायम राख्न समाधान खोज्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । पुटिनकाअनुसार ऊर्जा, अन्तरिक्ष, कृषि र औषधि दुई देशबीचको द्विपक्षीय सहयोगका सबैभन्दा आशाजनक क्षेत्रहरू हुन ।

    उहाँले इण्डोनेसिया ब्रिक्सको पूर्ण सदस्य बनेको र यसले यूरेशियन इकोनोमिक युनियनसँगको सहयोग जस्तै सहयोगको अर्को अवसर प्रतिनिधित्व गर्ने बताउनु भयो । सुबियान्तोले यति छोटो अवधिमा इण्डोनेसियालाई ब्रिक्समा सामेल हुन मद्दत गरेकोमा रुसप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

    रुसी ऊर्जा मन्त्री सर्गेई सिसिल्योभका अनुसार रुसले इन्डोनेसियाबाट पेट्रोलियम पदार्थ आपूर्तिका लागि अनुरोध प्राप्त गरेको छ र पक्षहरूले दीर्घकालीन सम्झौताहरूमा काम सुरु गरिसकेका छन् ।