२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

ट्रम्पको दाबी : इरान ‘सम्झौता गर्न निकै उत्सुक छ’

बुधवार , बैशाख २, २०८३

  • 298
    Shares
  • 298
    Shares
  • काठमाडौं, २ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनलाई इरानबाट फोन आएको र तेहरान सम्झौता गर्न निकै आतुर रहेको दाबी गर्नुभएको छ ।

    उहाँले द्वन्द्व अन्त्यका लागि वासिङ्टन पनि सम्झौता गर्न उत्सुक रहेको संकेत दिनुभयो । अप्रिल २१ मा युद्धविराम समाप्त हुनुअघि वार्ताका लागि वासिङ्टन सहमत भएको छ कि छैन भन्नेबारे ट्रम्पले खुलासा नगरे पनि अमेरिकी अधिकारी र क्षेत्रीय स्रोतहरूलाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले दुवै पक्षले थप वार्ताका लागि ठाउँ बाँकी राखेको जनाउनु भयो ।

    पाकिस्तान, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरू वार्तालाई पुनर्जीवित गर्न सक्रिय छन् ।  स्थानीय विश्लेषकहरूका अनुसार वासिङ्टनले इरानलाई युरेनियम संवद्र्धन रोक्न दबाब दिएको छ भने इरानले रोक्का गरिएको कोष फुकुवा र प्रतिबन्धहरूमा व्यापक छुट खोजिरहेको छ ।

    ट्रम्पले इरानी बन्दरगाहहरूमा नौसेना नाकाबन्दी लगाएको र हर्मुज जलडमरूमा कुनै पनि इरानी जहाज आएमा नष्ट गर्ने धम्की दिनुभएको केही घण्टापछि यो टिप्पणी आएको हो ।

    उहाँले ट्रुथ सोसलमा जहाजको संख्याबारे गर्नुभएको दाबीलाई समुन्द्री तथ्याङ्क फर्म केप्लरले खण्डन गरेको छ । अमेरिकी अधिकारीहरूले सैन्य दबाबलाई वार्ता रणनीतिको हिस्सा मानेका छन् ।