बुधवार , बैशाख २, २०८३
काठमाडौं, २ बैशाख । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरानबीचको युद्धविराम यथावत रहेको बताउनुभएको छ ।
साथै उहाँले यस क्षेत्रमा संवाद सहज बनाउन र स्थायी शान्ति प्रवद्र्धन गर्न पाकिस्तानले आफ्ना प्रयासहरू जारी राख्ने समेत उल्लेख गर्नुभयो । संघीय मन्त्रिपरिषद्लाई टेलिभिजनमार्फत सम्बोधन गर्दै शरीफले आजका दिनमा पनि युद्धविराम कायम रहेको र बाँकी रहेका विवादित विषयहरू समाधानका लागि प्रयासहरू भइरहेका बताउनु भयो ।
उहाँले हालै सम्पन्न इस्लामावाद वार्तालाई एक ऐतिहासिक क्षणका रूपमा चित्रण गर्दै यसले मडारिरहेको युद्धको बादललाई स्थायी शान्तिमा बदल्ने अवसर प्रदान गरेको बताउनु भयो ।
इस्लामावाद वार्ताको सन्दर्भमा बोल्दै उहाँले इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच २१ घण्टासम्म प्रत्यक्ष आमनेसामने वार्ता भएको जानकारी दिनुभयो। उहाँले यसलाई कुटनीतिक संलग्नताको दिशामा एक महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij