
आइतवार , बैशाख २६, २०७८
बैशाख २६ दाङ। दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा शनिबार उपचाररत ४ जना संक्रमितको मृत्यु भएको छ।अस्पतालका व्यवस्थापक द्रोर्ण ओलीका अनुसार घोराहीका २ जना, तुलसीपुर र बबइका एक/एक जनाको उपचारका क्रममा निधन भएको हो।
घोराही उपमहानगरपालिका–१२ निवासी ७५ वर्षीय पुरुषको साँझ ७ बजेतिर मृत्यु भएको हो। उनी वैशाख २५ गते अस्प्तालमा एचडियुमा उपचाररत थिए। उनीमा निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो। त्यस्तै, घोराही १८ निवासी ५५ वर्षीय पुरुषको शनिबार साँझ निधन भएको हो। उनी वैशाख २२ गतेदेखि आईसीयूमा उपचाररत थिए। उनीमा पनि निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको थियो।
यस्तै, तुलसीपुर उपमहामनगरपालिका–५ निवासी ६७ वर्षीय पुरुषको बिहान साढे १ बजेतिर निधन भएको हो । वैशाख २० गतेदेखि एचडियुमा उपचाररत उनलाई पनि निमोनिया भएको थियो । त्यसैगरि बबई गाउपालिका ४ निवासी २७ वर्षिय महिलाको गएराती निधन भएको हो । वैशाख २५ गतेदेखि आईसीयूमा उपचाररत उनलाई पनि निमोनिया भएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij