२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

भैरहवामा मापदण्डविपरीत सञ्चालित १७ वटा स्वास्थ्य संस्था बन्द गराइयो

शनिवार , बैशाख १२, २०८३

  • 394
    Shares
  • 394
    Shares
  • भैरहवा, १२ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको छ । 

    मेडिकल तथा स्वास्थ्य संस्थाहरु मापदण्डविपरीत र इजाजत बेगर सञ्चालित भएको सूचनाको आधारमा भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न मेडिकल क्लिनिक तथा फार्मेसीहरूमा अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाले बताउनुभयो । अनुगमनका क्रममा दर्ता नभएका तथा मापदण्डविपरीत सञ्चालन भइरहेका १७ वटा मेडिकलहरू बन्द गराइएको डीएसपी सापकोटाले जानकारी दिनुभयो ।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवाली, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक अशोक जि.सी., स्वास्थ्य कार्यालय रुपन्देहीको प्रमुख उमादेवी थापा, सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधि, प्रहरीसहितको संयुक्त टोलीले शुक्रबार अनुगमन गरेको हो ।