२०८२, भाद्र ७ गते

Aug 23 2025 | २०८२, भाद्र ७ गते

तुलसीपुर कारागारका एक कैदी मृत भेटिए

आइतवार , बैशाख २६, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • दाङ, २६ वैशाख ।

    दाङको तुलसीपुरस्थित कारागारमा रहेका एक कैदी मृत फेला परेका छन् । २०६८ सालदेखि कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताइरहेकााासल्यान कपुरकोट गाउँपालिका वडा नम्बर ३ निवासी ४६ वर्षिय खड्क बुढाथोकी मृत फेला परेका हुन् । बुढाथोकी आइतबार बिहान ८ बजेतिर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिव बहादुर सिंहले जानकारी दिए ।

    बुढाथोकी शनिबार बेलुका खाना खाएर सुतेको र बिहान उठाउँदा नउठेपछि गएर हेर्दा मृत अवस्थामा फेला परेको डीएसपी सिंहले बताए । बुढाथोकीमा कुनै पनि स्वास्थ्य समस्या रहेको भन्ने कुरा खुल्न नआएको उनले बताए ।  

    २०६८ साल असार ११ गतेदेखि कर्तव्य ज्यान मुद्दामा उनी जेल चलान भएका थिए । उनको शब पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइने प्रहरीले जनाएको छ ।