२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

पाकिस्तानी आक्रमणमा ४ को मृत्यु, ७० घाइते

मंगलवार , बैशाख १५, २०८३

  • 238
    Shares
  • 238
    Shares
  • काठमाडौं, १५ बैशाख । अफगानिस्तानका उप–सरकारी प्रवक्ता हमदुल्लाह फित्रतले सोमवार सामाजिक सञ्जालमा दिनुभएको जानकारीअनुसार पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा मर्टार र रकेट प्रहार गरेको छ ।

    यस आक्रमणमा ४ जनाको ज्यान गएको छ भने ७० जना घाइते भएका छन् । कुनार प्रान्तका अधिकारीहरूकाअनुसार घाइतेहरूलाई उपचारका लागि नजिकैका स्वास्थ्य संस्थाहरूमा लगिएको छ ।

    स्थानीय सुरक्षा स्थिति अहिले पनि तनावपूर्ण रहेको छ । साथै कान्दाहार प्रान्तको लुकमान–स्पिन बोल्दाक क्षेत्रमा पनि मर्टार प्रहार भएको स्थानीय समाचार माध्यम टोलो न्युजले जनाएको छ ।