
आइतवार , बैशाख २६, २०७८
बुटवल, २६ वैशाख ।
नेपाली युवा उद्यमी मञ्च रुपन्देही (एनवाइइएफ) को पाँचौ साधारणसभा तथा अधिवेशनबाट २०७८ को नयाँ नेतृत्वमा लागी प्रदीप शाक्य चयन भएका छन् ।
शनिबार भर्चुगल बैठकबाट आगामी वर्षको लागि शाक्यको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको प्रथम उपाध्यक्ष्माा निरज लाकौल, द्वितीय उपाध्यक्षमा सुशान्त सैजु, सदस्यहरुमा अनिश ह्योजु, आदर्श श्रेष्ठ, अनिश कसौधन, शैलजा श्रेष्ठ, रिषभ वझा, सन्देश श्रेष्ठ, प्रतीक कसजु, राजिव श्रेष्ठ र सुमन बस्याल निर्वाचित भएको निर्वाचन अधिकृत सन्दिप कसौधनले बताए ।
कार्यक्रममा अध्यक्ष उमेश अमात्यले वर्षभरीको कार्यप्रगतिको विवरण प्रस्तुत गर्दै युवा उद्यमीहरुको क्षमता विकास गराउन लक्ष्यसहित कार्यक्रम गर्दै आएको बताए । नेतृत्व र क्षमता विकाससंग युवा उद्यमीहरुका समस्या उठान गर्दै समाधानबारे छलफल गराउने गरेको उनले बताए । विदेश जाने सोच बनाएका युवाहरुलाई स्वदेशमा नै रोक्न सकिने विकल्प खोज्ने काम गरेको बताए ।
राष्ट्रिय अध्यक्ष प्रकाश पालिखेले युवाहरुमा आत्मविश्वाससँगै अवसर दिने रुपमा संगठित भएको र संस्थाले स्वरोजगारका विभिन्न कार्यक्रमहरू गर्दै आएको बताए । युवालाई उद्यममा लाग्न बाटो देखाउने काम गरेको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष उदीप श्रेष्ठ, संस्थापक अध्यक्ष आनन्द वझा, पूर्व अध्यक्ष सुमोद मान सैजु, चितवन च्याप्टर अध्यक्ष कृष्ण सापकोटा, पूर्व अध्यक्ष अखिलेश कसौधन लगायतले बोल्नुभएको प्रथम उपाध्यक्ष निरज लाकौलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij