२०८३, आषाढ १२ गते

Jun 26 2026 | २०८३, आषाढ १२ गते

अन्ततःगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

आइतवार , बैशाख २६, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • बुटवल, २६ बैशाख।

    लामो राजनैतिक रस्साकस्सीपछि अन्ततःगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्। आफुबिरुद्ध प्रदेशसभाका दर्ता भएको अबिश्वास प्रस्ताव पारित हुने संभावना देखेपछि यसअघि नै उनले राजीनामा दिएका हुन्।  

    मुख्यमन्त्री गुरुङ्गलाई आफुबिरुद्धको अबिश्वास प्रस्ताव असफल बनाउन जनमोर्चाका सांसद अपहरणदेखि स्वतन्त्र सांसद किनबेचसम्म गरेको र सत्ता बचाउन अकस्मात दिपक मनांगेलाई खेलकुद मन्त्री बनाएको आरोप लगाईएको थियो। 

    मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले स्वीकृत समेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए। भोली २७ गते सोमबार मुख्यमन्त्री गुरुङ्गबिरुद्धको अबिश्वास प्रस्तावमाथि मतदान हुने कार्यक्रम थियो।

    1620560068-W8lVS (3).jpg