२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

भदौ ७ गते सम्मका लागि रुपन्देही लकडाउन, अत्याबश्यक सेवा मात्रै सुचारु हुने 

मंगलवार , भाद्र २, २०७७

भैरहवा २ भदौ । जिल्लामा कोरोना संक्रमितको दर दिन प्रति दिन बढ्दै गएपछि जिल्ला प्रशाशन कार्यालय रुपन्देहिले आज (मंगलबार) साझ देखि रुपन्देही जिल्ला लकडाउन गर्ने बताएको छ । 

पछिल्ला दिनमा जिल्लाका सबैजसो पालिकामा कोरोना सक्रिमित थपिदै गएपछि आज मंगलबार साझ देखि भदौ ७ गते राति १२ बजेसम्मका लागि लकडाउन गरिएको प्रशाशनले जनाएको छ । 

स्थानिय प्रशाशनले भदौ ७ गते सम्मका लागि अत्यावश्यक सेवालाई निरन्तरता दिदै जिल्लाभर लागू हुने गरी संक्रामक रोग ऐन २०२०को दफा २ बमोजिम गतिविधि गर्न निषेध गरिएको जनाएको छ । अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

cdo office lockdown.jpg

समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेपछि त्यसको नियन्त्रणका लागि लकडाउन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी पन्थका अनुसार रुपन्देही जिल्लामा कोभिड–१९को संक्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीले जिल्ला ’लकडाउन’ गर्ने निर्णय गरेको हो । 
प्रशाशनले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सर्तकता अपनाउनका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्न गराउन पनि सबैलाई आग्रह गरेको छ ।