२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

लुम्बिनीका युवाद्वारा आफ्नो निजी गाडी कोभिडका बिरामी बोक्न प्रयोग 

आइतवार , बैशाख २६, २०७८

भैरहवा, २६ वैशाख ।
लुम्बिनीका युवा व्यवसायीले कोरोना संक्रमित बिरामीलाई अस्पताल पुर्याउन आफ्नो निजी गाडी प्रयोग गर्ने भएका छन् ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ निवासी २६ वर्षिय निरज मौदनवालले कोभिड–१९ का बिरामीलाई अस्पतालसम्म पुर्याउन दुईवटा उपलब्ध गराउने बताएका छन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा विशेष गरी ग्रामीण क्षेत्रका नागरिकलाई उपचारको लागि अस्पतालसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले निःशुल्क गाडी उपलब्ध गराएको मौदनवालले बताए । 

रेसपोन्स टिम लुम्बिनी क्लबका अध्यक्ष समेत रहेका मौदनवालले कुनै पनि कोरोना संक्रमित विरामीलाई अस्पतालसम्म पुर्याउनुपरे मोबाइल नम्बर ९८५७०११०२३ मा सम्पर्क गर्न सकिने जानकारी दिए ।

कोरोना महामारीको समयमा एम्बुलेन्स सरह सेवा दिने कार्य प्रशसंनीय रहेको रेसपोन्स टिम लुम्बिनी क्लबका सल्लाहकार मनोज जैसवालले बताए ।