२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

ब्रिटिस ग्रामर स्कूलमा एसईई कप बास्केटबल प्रतियोगिता हुँदै

मंगलवार , बैशाख २२, २०८३

  • 310
    Shares
  • 310
    Shares
  • रुपन्देही, २२ वैशाख । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कूल रुपन्देहीमा २०८२ सालको माध्यमिक शिक्षा परीषा (एसईई) मा सहभागी विद्यार्थीहरुबीच बास्केटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता वैशाख २३ गते बिहीबार बिहान ९ बजेबाट सुरु हुने विद्यालयले जनाएको छ । 

    विद्यार्थीमा रहेको खेल प्रतिभालाई उजागार गर्ने, विद्यार्थीहबीच सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यले छात्रछात्रा बास्केटबल प्रतियोगिता हुन लागेको हो ।

    विद्यार्थीको सर्वागींण विकास गर्ने उद्देश्यले स्थापित यस विद्यालयले हरेक वर्ष फुटसल, स्वीमिङ, फुटसल, कराँते लगायतका विभित्र प्रतियोगिता गर्दै आएको छ । यस वर्षको शैक्षिक सत्रको प्रारम्भमा नै यो प्रतियोगिता आयोजना गर्न लागेको विद्यालयका बास्केटबल प्रशिक्षक आयुष कुँवरले बताउनुभयो ।

    मोफसलको एकमात्रै क्याम्ब्रिज सर्टिफाइड विद्यालयका रुपमा स्थापित यस विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्मको पढाइ हुँदै आएको छ । कक्षा ११ र १२ मा  विज्ञान र व्यवस्थापन संकाय सञ्चालन गरेको विद्यालयले कक्षा ८, १० र १२ मा सतप्रतिशत नतिजा दिँदै आएको छ ।

    बास्केटबल प्रतियोगितामा रुपन्देही र छिमेकी जिल्लाका एसईईमा सहभागी छात्रतर्फ १० र छात्रातर्फ ४ टीमले नाम दर्ता गराएको विद्यालयका सह–प्राचार्यद्वय महेश पौडेल क्षेत्री र उमेश कंडेलले जानकारी दिनुभयो ।

    बास्केटबल प्रतियोगिताको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा विद्यालय तहको कक्षा १ देखि १० सम्म केही सिटमा भर्ना खुलेकाले विश्वस्तरीय शिक्षाका लागि अभिभावकले सम्पर्क गर्नुहुन विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले (सगौरव)ले जानकारी दिनुभयो ।