बुधवार , बैशाख २३, २०८३
भैरहवा, २३ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ स्थित एक्ट्राटेक ओभल क्रिकेट ग्राउण्डमा बुधबारदेखि रुपन्देही यु–१९ छनोट क्रिकेट प्रतियोगिता-२०८३ सुरु भएको छ ।
वैशाख २ र ३ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको ओपन क्याम्पबाट छनोट भएका ४८ जना यस प्रतियोगितामा सहभागी भएका छन् । रुपन्देही क्रिकेट संघका कार्यसमिति सदस्य प्रथम पराजुलीका अनुसार ओपन क्याम्पमा ६१ जना खेलाडी सहभागी भएका थिए ।
‘छनौट भएका ४८ जना खेलाडीहरु सम्मिलित चारवटा टीम रुपन्देही यु–१९ छनोट क्रिकेट प्रतियोगितामा सहभागीता रहेको छ । यो प्रतियोगिताबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुनका लागि १४ जना रुपन्देही जिल्ला टीमको लागि छनौट हुनेछन्, ’पराजुलीले भन्नुभयो ।
प्रतियोगिता वैशाख २८ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धिरज अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
