बिहिवार , बैशाख २४, २०८३
तिलोत्तमा, २४ वैशाख । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कूल रुपन्देहीमा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीहरुका बीचमा सञ्चालित बास्केटबल प्रतियोगिताका दोस्रो दिनका खेल सम्पन्न भएका छन् । वैशाख २३ गतेदेखि सञ्चालन भएको तीनदिवसीय प्रतियोगिता अन्तर्गत शुक्रबार (भोलि) सेमिफाइनल र फाइनल खेल हुने भएका छन् ।
मोफसलको एक मात्रै क्याम्ब्रिज सर्टिफाइड विद्यालयका रुपमा स्थापित यस विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्मको पढाइ हुँदै आएको छ । कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन सञ्चालन गरेको विद्यालयले कक्षा , १० र बारमा शतप्रतिशत नतिजा दिदै आएको छ ।
बास्केटबल प्रतियोगितामा रुपन्देही र छिमेकी जिल्लाका एसईईमा सहभागी छात्रतर्फ १० र छात्रातर्फ ५ टीम सहभागी रहेका छन् । जसमा छात्रतर्फ आयोजक विद्यालय विजिएस आरका २ टीम, सिद्धार्थ बोर्डिङ, न्यू होराइजन, न्यू इन्भाएरमन्ट, दीप बोर्डिङ, शान्ति नमूना मावि, सगरमाथा बास्केटबल क्लब, सैनामैना बास्केटबल क्लब र एभरेष्ट बोर्डिङ रहेका छन् । त्यस्तै छात्रातर्फ एभरेष्ट बोर्डिङ, होराइजन, सिद्धार्थ र ब्रिटिस ग्रामर स्कूलको टीम रहेका छन् ।
बिहीबार छात्रछात्रा बास्केटबल प्रतियोगिताका लिग खेलहरु सम्पन्न भएका छन् ।
भोलि जिल्ला बास्केटबल संघ रुपन्देहीका अध्यक्ष राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सेमिफाइनल, फाइनल खेलसहित पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएकोले सम्पूर्ण अभिभावक एवम् खेलप्रेमी शुभेच्छुकलाई निमन्त्रणा गरिएको छ ।
कक्षा १ देखि १० सम्म केही सिटमा र कक्षा ११ व्यवस्थापन र विज्ञान संकायमा २५–२५ सिटमा रजिष्ट्रेशन खुलेकाले विश्वस्तरीय शिक्षाका लागि अभिभावकले सम्पर्क गर्नुहुन विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले ‘सगौरव’ जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
